पोखराको ढुङगेसाँघु पट्नेरीमा प्रेम मन्दिर र नवदिप धाम जाने बाटो शिलान्यास

पाेखरा | मंसिर २२, २०८१

पोखराको ढुङगेसाँघु पट्नेरीमा प्रेम मन्दिर र नवदिप धाम जाने बाटो शिलान्यास

पोखरा:     पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो ।


प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको शिलान्यस गरेका हुन् । दुइ वर्ष भित्र मन्दिर निर्माण गरिने यज्ञ संकल्पकर्ता ढकालले जानकारी दिए ।


यस्तै शुक्रबारनै सोही स्थानमा रहेको नवदिप धाममा जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । महतगौंडा र टुटुङ्गालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा रहेको छ । 


सोही गुफामा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माण गर्न लागिएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।

दानदाता मायादेवी न्यौपाने (महामाया दासी)ले बाटोको शिलान्यास गरेकी हुन् । न्यौपाने परिवारले कोटिहोमको लागि ५१ हजार दान गरेका छन् । भने बाटो निर्माणका लागि थप सहयोग गर्ने प्रतिवद्धता समेत गरेको आयोजकले जनाएको छ ।


कोटिहोममा स्थलको दक्षिण तर्फ रहेको सेती नदिमा आजै कोटी दिप प्रज्वलन गरिएको छ । ठुलो संख्यामा उपस्थित भएका भक्तजनको सहभागितामा सेती नदिकोबिचमा साढे दुइ करोड दिप प्रज्वलन गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।


यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।  


प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् ।


प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज परेकाले कोटिहोममा पनि विवाह पञ्चमी विशेष कथा बाचन र झाकीँ प्रदर्शन गरिएको थियो ।


मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।


प्रेम मन्दिर, नवदिप धाम पुग्ने बाटो साथै धाममा १०८ शिवलिङग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्थानका लागि पुग्न १०८ सिँढी, जेष्ठनागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोमको आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्